Skip to main content

गजल

चप्पल बोकेर बेप्रवाह हिडिदिन्छ जोर पैताला

सम्हालिएर हिड्थ्यो हिड्थ्यो भने खाली खुट्टा

थियो एउटा सिङ्गो ऎनाको कमी कमीनै रह्यो

भेटिएका थिए हजारौ भेटिन त ऎनाका टुक्रा

एउटा ढिक्का बरफ रहेछ प्रेम भन्नू पानीको

छिन् भरमै पग्लीदिन्छ एउटै थोपा पानी पर्दा

नपर्ने रहेछ कहिल्यै उल्ट्याउन अरुलाई जस्तो

यो जिन्दगीलाई शुन्य बनाइ ऎना भित्र राख्दा..

नारायण पौडेल दीप

चितवन