Skip to main content

समर्पणको गजल रचना "रात परे पछी"

मायाजालले बेरु लाग्छ रात परे पछी !
तस्वीर हेरु- हेरु लाग्छ रात परे पछी !!

यि आँखाले टिप्ने गर्छ वयान रुपरङ्गको !
डायरीमा उतारु लाग्छ रात परे पछी !!

जिन्दगीका हरेक कोरा कागजहरुमा !
तिम्रै नाम कोरु लाग्छ रात परे पछी !!

काल्पनिक  मायाका ठुला शहरहरुमाझ !
बसाइ नै सरु लाग्छ रात परे पछी !!

अबिश्वास र घृणाको अन्धकारमय दुनिया !
दियो ‘ज्योति’ फेरु लाग्छ रात परे पछी!!